सुदूर नेपाललाई विश्वसँग जोड्दै

सोमालियामा विस्फोट, ८ प्रहरीकोे मृत्यु

। फोटो स्रोत ।
२०७६ असार २, ०८:०८

सोमालियामा विस्फोट हुंदा ८ जनाको मृत्यु भएको छ। सोमालियाको वाजिर काउन्टीमा सीमा गस्तीमा रहेको प्रहरीको गाडीलाई लक्षित गरी गराइएको विस्फोटमा परी ८ जना प्रहरीको मृत्यु भएको होे।

गाडीमा ११ जना प्रहरी सवार रहेकोमा तीन जना भने सख्त घाइते भएका अधिकारीहरुले जनाएका छन्। घटनाको जिम्मेवारी कसैले लिएको छैन। सोमालिया सरकारले भने सोमालियाको आतंकवादी समूह अल सबावले बिस्फोट गराएको हुन सक्ने आशंका गरेको छ।

अल कायदासँग सम्बन्धित सो समूहले सोमालियामा विगत केही वर्षदेखि सरकारविरुद्ध आतंककारी हमला गर्दै आएको छ। 
 

कमेन्ट लोड गर्नुस