सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभिव्यक्ति स्वतन्त्रता कुनै व्यक्ति र दल विशेषका लागि मात्रै होइन : गगन थापा

२०७६ असार १, ०३:१५

नेपाली कांग्रेसका सांसद गगन थापाले अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई सरकारले ल्याएको सूचना प्रविधि विधेयकविरुद्ध उत्रिन गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अभिव्यक्ति स्वतन्त्रता कुनै व्यक्ति विशेष र दल विशेषका लागि मात्रै नभएकाले आन्दोलनको प्राप्तिलाई गुम्न नदिने जिम्मेवारी वहन गर्न आग्रह गरेका छन्।

सूचना प्रविधि विधेयक संसदबाट बहुमतको बलमा पारित गरियो भने सबैका लागि लागू हुने बताए। स्वतन्त्रताको अर्थ स्वच्छन्दता होइन भन्दै अघि बढेको हस्तक्षेपकारी सरकारको प्रवृति नै डरलाग्दो भएको टिप्पणी समेत गरे।

एक पछि अर्को गर्दै सरकारले ल्याएका पछिल्ला विधेयकबाट सरकारले आफूलाई सर्वशक्तिमान ठानेको स्पष्ट भएको पनि बताउंदै उनले सनातनदेखि चलिआएको संस्कृतिको दायित्व बोकेको राज्यले गुठीलाई मासेर नेपालको सांस्कृतिक पहिचान बोकेका सम्पदा मास्ने षडयन्त्रको विरुद्धमा बोल्ने मुख थुन्न लाठी र पानीको फोहोरा फ्याँक्ने, गीत गाउने गायक, चलचित्रको समीक्षा गर्ने समीक्षक र संस्कृति बचाउको माग गर्ने विरुद्धको सरकारको हस्तक्षेप डरलाग्दो भएको बताए।
 

कमेन्ट लोड गर्नुस