सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल शान्तिपूर्ण देशको ७६ औं स्थानमा

। फोटो स्रोत ।
२०७६ असार १, ०१:४३

नेपाल शान्तिपूर्ण देशको ७६ औं स्थानमा परेको छ। विश्व शान्ति सूचकांक (ग्लोबल पिस इन्डेक्स) (जीपीआई) २०१९ अनुसार नेपाल गत वर्षभन्दा आठ स्थानमाथि उक्लिएको छ। सन् २०१८ को प्रतिवेदनमा भने नेपाल ८४ औं स्थानमा रहेको थियो।१६३ देशमध्ये नेपाल ७६ स्थानमा परेको अष्ट्रेलियाको थिंक ट्यांक इन्स्टिच्यूट फर इकोनोमिक्स एण्ड पिस (आईईपी) ले जारी गरेको प्रतिवेदनमा उल्लेख छ।

उक्त प्रतिवेदन अनुसार, सबैभन्दा शान्तिपूर्ण देशको सूचिको पहिलो नम्बरमा आइसल्याण्ड पर्न सफल भएको छ। त्यस्तै न्यूजिल्याण्ड, अष्ट्रिया, पोर्चुगल र डेनमार्क दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा रहेका छन्। सूचिको अन्तिम अर्थात् १६३ औं स्थानमा दक्षिण एसियाली राष्ट्र अफगानिस्तान परेको छ। त्यस्तै सिरिया, दक्षिण सुडान, यमन र सुडान विश्वकै कम शान्तिपूर्ण देशको पुछारमा अटाएका छन्। १५ औं स्थानमा रहेको भुटान दक्षिण एसियाली राष्ट्रको पहिलो नम्बरमा परेको छ। त्यस्तै श्रीलंका ७२, बंगलादेश १०१, भारत १४१, पाकिस्तान १५३ औं स्थानमा छ। 

आईईपीले निम्न आधारमा शान्तिपूर्ण देशको सूचि सार्वजनिक गर्ने गरेको छ। 

सुची हेर्न यसमा क्लिक गर्नुहोस् :

 

कमेन्ट लोड गर्नुस