सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुडानमा सेनाले प्रदर्शनकारी महिला बलात्कार गरेको खुलासा

। फोटो स्रोत ।
२०७६ असार १, ०९:०५

सुडानमा लोकतन्त्रको पक्षमा सैन्य मुख्यालय बाहिर प्रदर्शनमा सहभागी महिलालाई सेनाले बलात्कार गरेको खुलासा भएको छ। राजधानी खार्तुमस्थित सैन्य मुख्यालय बाहिर लोकतन्त्रको माग गर्दै प्रदर्शनमा सहभागीहरु माथि सेनाले गोली चलाएपछि भाग्ने क्रममा एक घरमा छिरेकी महिलालाई सेनाले बलात्कार गरेको खुलासा भएको हो।

सेनाले प्रदर्शनमा उत्रिएकाहरुलाई धरपकड गर्दै महिलामाथि हिंसा गरेको आरोप प्रदर्शनकारीहरुले लगाएका छन्। यद्यपी सेनाले भने यो आरोप अस्वीकार गरेको छ। उनीहरुले प्रदर्शनकारीबिरुद्ध कारबाहीको आदेश पाएको र सोही अनुसार कारबाही गरिए पनि यौन हिंसामा संलग्न नरहेको जनाएका छन्। सुडानी सेनाका प्रवक्ता शम्स अल–दिन कबासीले विपक्षीहरुले निराधार आरोप लगाएर सेनाको बदनाम गर्न खोजेको आरोप लगाएका छन्। 

यता एम्बुलेन्सका एक चालकले पनि प्रदर्शनकै क्रममा घाइते भएका महिलालाई अस्पताल लग्ने क्रममा सेनाले एम्बुलेन्समै बलात्कार गरेका बताएका छन्।

 

कमेन्ट लोड गर्नुस