सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोपा अमेरिका फुटबलमा कोलम्बियासँग अर्जेन्टिना २–० ले पराजित

। फोटो स्रोत ।
२०७६ असार १, ०७:२५

कोपा अमेरिका फुटबलमा कोलम्बियासंग अर्जेन्टिनाले  हार व्यहोरेको छ। आइतबार बिहान सकिएको खेलमा कोलम्बियासँग अर्जेन्टिना २–० ले पराजित भयो। 

फोन्टे नोभा एरेनामा पहिलो हाफ गोलरहित बराबरी खेलेपनि अर्जे्न्टिनाले दुवै गोल दोस्रो हाफमा खान पुग्यो। अर्जे्न्टिनाका स्टार खेलाडी लियोनल मेस्सीसहित मैदान उत्रिएका थिए। कोलम्बियाविरुद्ध बल पोजेसनदेखि टार्गेट गर्नेसम्म जम्मैमा अगाडि रहे पनि गोल गर्न भने अर्जे्न्टिना असफल भयो।

कोलम्बियाका रोजर मार्टिनेजले ७१ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। १ गोलले पछि परेको अर्जे्न्टिना झनै दवाबमा आयो। डुवान जाप्टाले ८६ औं मिनेटमा गोल गरेपछि अर्जे्न्टिनाले कोपा अमेरिकामा सुखद सुरुवात गर्ने सपना साकार हुन सकेन।

कमेन्ट लोड गर्नुस