सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्धारा अफगानिस्तान ९ विकेटले पराजित

। फोटो स्रोत ।
२०७६ असार १, ०७:१७

दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराएको छ। आईसीसी विश्वकपमा दक्षिण अफ्रिकाले पहिलो जित हात पारेको छ। चार खेलमा जितविहीन रहेको दक्षिण अफ्रिकाले पाचौं खेलमा अफगानिस्तानलाई ९ विकेटले हराएको हो। दक्षिण अफ्रिकाले पहिलो जित निकालेपछि यो विश्वकपमा अफगानिस्तान जित निकाल्न नसक्ने एक्लो टिम बनेको छ।

अफगानिस्तानले दिएको १२६ रनको लक्ष्य दक्षिण अफ्रिकाले २७.४ ओरभमा एक विकेट गुमाउँदै पूरा र्गयो। दक्षिण अफ्रिकाका लागि क्वीन्टन डि ककले ६८ रन बनाएका थिए। हसिम अमलासँग मिलेर डि ककले १०४ रनको साझेदारी गरेका थिए। हसिम अमलाले अविजित ४० रन बनाए।

पहिला ब्याटिङ गरेको अफगानिस्तान ३४.१ ओभरमा १२५ रनमा अलआउट भयो। उसका तीन जना खेलाडीलेमात्र दोहोरो अंकको रन बनाउन सके। सर्वा्धिक रन राशिद खानले बनाए। उनले २५ बलमा ६ वटा चौका हान्दै ३५ रन बनाएका थिए। ओपनर नुर अलि जद्रानले ३२ र हज्रतुल्लाह जजाईले २२ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले १० रन कटाउन सकेनन्।

अफगानिस्तानलाई सस्तैमा रोक्नका लागि इम्रान ताहिरले चार विकेट लिए भने क्रिस मोरिसले तीन विकेट हात पारे। फेलुकवायोले दुई तथा कागिसो रबाडाले एक विकेट हात पारे।
 

कमेन्ट लोड गर्नुस