सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा नक्सालवादीको आक्रमण : ५ जना प्रहरीको मृत्यु

। फोटो स्रोत ।
२०७६ जेठ ३२, ०२:३७

भारतमा नक्सालवादीले गरेको आक्रमणमा ५ जना प्रहरीको मृत्यु भएको छ। भारतको सरायकेला खरसान्वा जिल्ला झारखण्डमा प्रहरीलाई लक्षित गर्दै नक्सलवादीले आक्रमण गरेको जनाइएको छ। पश्चिम बंगालसँग जोडिएको तिरुलडिह थाना क्षेत्रमा गस्तीका लागि एउटा गाडिमा गएका प्रहरीहरु कुकड साप्ताहिक हाटबाट फर्किरहेका बेला बाटोमा ढुकेर बसेका नक्सलवादीले अन्धाधुन्ध गोली प्रहार गरेको भारतीय अधिकारीहरुले जनाएका छन्। 

बंगालको सीमा क्षेत्रबाट आएका करिब एक दर्जन नक्सलवादीले पुलिसको गाडि रोकेर अन्धाधुन्ध गोली प्रहार गरेको झारखण्डका प्रहरी प्रवक्ता एमएल मिणाले बताए। उनका अनुसार मोटरसाइकलमा आएका नक्सलवादीहरुले आक्रमण गरेपछि प्रहरीका केही हतियारसमेत लिएर गएका छन्। नक्सलवादीले आक्रमण गरेपछि प्रहरीले पनि जवाफी कारबाही गरेको र त्यस क्रममा केही नक्सलवादीसमेत घाइते भएको अधिकारीहरुले जनाएका छन्। घाइतेहरुलाई पनि नक्सलवादीले लिएर गएको बताइएको छ।

 

कमेन्ट लोड गर्नुस