सुदूर नेपाललाई विश्वसँग जोड्दै

विदेशमा राम्रो काम लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

। फोटो स्रोत ।
२०७६ जेठ ३२, ०१:५६

विदेशमा काम लगाइदिन्छु भन्दौ ठग्ने एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। क्यानडामा राम्रो तलवसहितको रोजगारी दिलाइदिने प्रलोभन देखाएर ठगी गर्ने नुवाको मेघाङका योगेश सापकोटालाई बनेपाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पीडितको नाम भने गोप्य राखिएको छ। पीडितलाई क्यानडा जानको लागि २२ हजार अमेरिकी डलर देखाएपछि मात्रै इटिए (यात्राको विद्युतीय अनुमतिपत्र) पाइने भन्दै अभियुक्तहरुले आश्वासन देखाएका थिए।

पीडितका बुवा र मामा २२ हजार ५९ डलर लिएर दिल्ली पुगेको जनाइएको छ। पीडितलाई क्यानडा लैजान भन्दै इन्दिरा गान्धि एयरपोर्टमा लगियो भने केहीले बाबु र मामालाई एक होटलमा लगेर बेहोस बनाई रकम लुटपाट गरिएको प्रहरीले जानकारी दिएको छ। यस्तै अभियुक्तहरुले किड्नी निकाल्ने योजना समेत बनाइएको प्रहरीले जनाएको छ।

सोपकोटालाई मानव बेचबिखन तथा ओसारपसार ऐनअनुसार कारबाही हुने र  अन्य अभियुक्तहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस