सुदूर नेपाललाई विश्वसँग जोड्दै

जलवायु परिवर्तनको गम्भीर समस्या : समयमै रोक्न नसके लाखौँ मानिस भोकमरी र जल संकटमा पर्ने

। फोटो स्रोत ।
२०७६ जेठ ३१, ०२:११

ग्लोबल वार्मिङ्ग जीवांश इन्धनको दोहन र प्राकृतिक संसाधनहरुको अत्यधिक कारण यो जलवायु परिवर्तनको गम्भीर समस्या उत्पन्न भएको छ। जलवायु परिवर्तनलाई समय रहदै रोक्न नसकिए लाखौं मानिस भोकमरी जलसंकट बाढी जस्ता विपदाहरुको सिकार हुने छन्। यो संकटले पुरा विश्वलाई प्रभावित गर्नेछ। यद्यपी जलवायु परिवर्तनको सबैभन्दा बढी असर गरिब देशहरुलाई पर्नेछ। जो जलवायु परिवर्तनका लागि सबैभन्दा कम जिम्मेवार छन्। पिछडिएका र कम विकाशित देशहरुमा जलवायु परिवर्तनबाट उत्पन्न समस्याहरुको खत्रा बढी हुनेछ। 

जलवायु परिवर्तनले आर्क्टिक क्षेत्र, अफ्रिका र साना द्विपहरुलाई बढि प्रभावित गरी राखेको छ। उत्तरी धु्रव आर्क्टिक शेष दुनियाको तुलनामा दुगुन्ना दरले तातो हुँदैछ। आगामी केही वर्षहरुमा ग्रीष्म ऋतीको बेला उत्तरी धु्रवको हिँउ पग्लीने वैज्ञानिकहरुले बताएका छन्। पछिल्लो १०० वर्षमा अंटार्कटिकाको तापमानमा दुई गुना वृद्धी भएको छ। यसका कारण अंटार्क्टिकाको बर्फिलो क्षेत्रमा पनि कमी आएको छ। यस प्रकार त्यहाँको परिस्थितिका हुने परिवर्तनका कारण त्यहाँ उपस्थित सबै खाले जीव पनि प्रभावित भएका छन्। यदि तापमानमा वृद्धी यसरी नै भई रह्यो भने यस सदीको अन्त सम्म एल्प्स पर्वत श्रृङ्खलाका लगभग ८०५ हिम नदि पग्लेर जाने छन्। 

धर्तीको तापमानमा वृद्धीका कारण हिम नदी र धु्रवीय प्रदेशहरुको हिउँ पग्लिने क्रम बढ्दै छ जसको परिणाम स्वरुप महासागरहरुको जलस्तर औसतन २७ सेन्टीमिटर माथी उठी सकेको छ। जलवायु वैज्ञानिकहरुका अनुसार यदि वायुमण्डलमा ग्रीन हाउस ग्यासहरुको जमावको सिलसिला जारी रह्यो भने धर्तीको तापमानमा  वृद्धी हुँदै रहने छ जसको परिणाम स्वरुप हिम नदी र धु्रवीय क्षेत्रहरुो हिँउ पग् लिने रफतार बढ्नाले सागर तटिय इलाकाहरु डुब्ने जोखिम बढ्ने छ र महासागरहरुको बढ्दो जलस्त मालद्वीप जस्ता हजारौं द्विपहरुलाई डुवाउने छ। यस बाहेक कार्वन डाइअक्साइडको बढ्दो मात्राका कारण महासागरीय परिस्थितिको तन्त्र पनि प्रभावित भएका छन्।

आज महासागरीय पानीमा अम्लीयत्ताको मात्रा बढ्दो छ। जसका कारण महानसगरमा बसोबास गर्ने जीवहरुमा प्रतिकुल प्रभाव परी राखेको छ। यस बाहेक महासागरहरुको कार्वन डाइअक्साइड सोस्ने क्षमता पनि दिनदिनै कमी भई राखेको छ। प्रदुषणका कारण परिस्थिति तन्त्रलाई धेरै नोक्सानी हुन्छ यस कारणले पृथ्वीमा व्यापक उथल पुथल हुन सक्छ। भविष्यमा यदि तापमानमा वृद्धी धेरै तेजिले हुन लाग्यो भने यसको परिणाम धेरै भयानक हुन सक्तछ। तापमानमा मात्र १–२ डिग्री सेलसियसको अन्तरको कारण पनि धर्तीको अनेक भागहरुमा कृषिमा व्यापक परिवर्तन हुन सक्छ। चरणका लागि उपलब्ध क्षेत्रहरुमा परिवर्तन हुनुका साथै पानीको उपलब्धतामा पनि यसको प्रभाव पर्नेछ तथा यसको परिणाम स्वरुप ठुलो संख्यामा मानिसहरु पलायन हुनेछन्। हाम्रो आफ्नो परिवेशमा पूर्वी पहाडका तापलेजुङ्ग, पाँचथर तिर यसतो संकेत देखिन थालेको छ।

जलवायु जनीत खडेरी र बाढीका कारण ठुलो मात्रामा पलायन हुँदा सामाजिक सन्तुलन विग्रने छ। यसको परिणाम स्वरुप अस्थिरता र हिंसाबाट राष्ट्रिय अन्तर्रा्ष्ट्रिय असुरक्षा पैदा हुनेछ। जलवायु परिवर्तका कारण उत्पन्न खाद्यान तथा पानीको कमीले विश्व व्यापी अशान्ति फैलिने छ जसको चपेटमा नेपाल, भारत, पाकिस्तान, बंग्लादेश, चीन पनि पर्नेछ। जलवायु परिवर्तन खाद्य सुरक्षाका लागि खत्रा नामक एक प्रतिवेदन आउँदो दशकहरुमा जलवायु परिवर्तनले धेरै समुदायहरुको आपसी तालमेललाई प्रभावित पार्नेछ।

जलवायु परिवर्तनको प्रभाव विश्वका समस्त क्षेत्रहरुमा देखा पर्नेछ। नेपाल पनि जलवायु परिवर्तनको दुष्परिमाणबाट बच्ने छैन। यस शताब्दीको अन्त सम्म नेपालमा औसतन तापमानमा ४ डिग्री सेल्सीयसले बृद्धि हुनेछ। हालको दशकहरुमा ग्रीन हाउस प्रभावका कारण अनेकौं क्षेत्रहरुमा औसत तापमानमा बढोत्तरी भएको पाइएको छ। वैज्ञानिकहरुको भविष्य वाणी अनुसार वर्ष २०२० सम्म पुरै दुनियाको तापमान पछिल्लो १०० वर्षहरुको तुलनामा सर्वा्धिक हुने। इन्टरगवर्नमेंटल पैनल औनकलाइमेट चन्जले वर्ष १९९५ मा भविष्यवाणी गरेको थियो कि यदि अहिलेकै प्रवृत्ति जारी रह्यो भने २१सौं सदिमा तापमान मा ३.५ देखि १० डिग्री सेल्सीयस सम्म वृद्धि हुने छ।

२०सौं सदिमा विश्वको सतहको औसतन तापमान ०.६ डिग्री सेल्सीयस यस सम्म बढेको छ। वैश्वीक स्तरमा वर्ष १९९८ सबैभन्दा तातो दशक थियो जसले यो सावित गर्दछ कि हरित गृह प्रभावको परिणाम स्वरुप जलवायु परिवर्तनको युग आरम्भ भई सकेको छ। जलवायु परिवर्तनका अनेक परिणाम हुने छन जसमध्ये ज्यादा जसो हानीकारक हुने  छन्। 

जलवायु परिवर्तनको प्रभाव मानवीय स्वास्थ्यमा पनि पर्नेछ। विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार जलवायुमा उष्णताको कारण स्वास त मुटु सम्बन्धी विरामीहरुमा वृद्धी हुनेछ। विश्वका विकाशील देशहरुमा झाडा पखाला आउ हैजा क्षयरोग पित ज्वरो तथा मौसमी ज्वरो जस्ता संक्रामक रोगहरुको बारम्बारतामा वृद्धि हुनेछ। किनकी रोग फैलाउने रोग बाहकहरुको गुणन एवं विस्तारमा तावमान र वर्षाको महत्वपूर्ण भूमिका हुन्छ। अतः दक्षिण अमेरीका तथा दक्षिण पूर्व एसीयामा लामखुट्टेहरुबाट फैलिने रोगहरु मलेरीया, डेंगु, पहेलो ज्वारो, जापानीज इनसेफालाइटिसको पनि प्रकोप बढ्नेछ। लामखुट्टे जनीत रोगहरुको विस्तार अमेरीका तथा युरोपको देशहरुमा पनि हुनेछ।

यस प्रकार यो भन्न सकिन्छ कि जलवायु परिवर्तन एक गम्भीर वैश्वीक समस्या हो। जसको परिणाम स्वरुप सम्पूर्ण सपश्वमा ठुलो परिणाममा उथल पुथल हुने छ। जलवायु परिवर्तनका कारण दुनियामा द्विपहरुको अस्तित्व समाप्त हुने छ। जलवायु परिवर्तनको मानव स्वास्थ्यमा प्रतिकुल असर पर्नेछ। प्राकृतिक प्रकोप खडेरी, बाढी, समुन्द्री आँधी, अलनिनोका बारम्वारतामा वृद्धि हुनेछ। हाल मात्रै बारा जिल्लामा आएको टुन्डरी आधीले पनि पुष्टि गर्दछ।

कमेन्ट लोड गर्नुस