सुदूर नेपाललाई विश्वसँग जोड्दै

लिची खाँदा भारतमा ४७ बालबालिकाको मृत्यु

। फोटो स्रोत ।
२०७६ जेठ ३१, १२:३९

भारतको उत्तरी भेग विहारमा लिची खांखा ४७ बालबालीकाको मृत्यु भएको छ। धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७  जना बालबालिकाको मृत्यु भएको बिहारका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। अधिकारीहरुका अनुसार  सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो।

लबालिकाको रगतमा चिनीको मात्रा कम भएको बताइएको छ। चिनीमा रगतको मात्रा कम भएपछि शरीरले फ्याट्टी एसिडलाई पचाएर ग्लुकोज बढाउन थाल्छ। रगतमा चिनी कम हुनुका पछाडी लिचीमा हुने रसायन भूमिका खेलेको अन्तराष्ट्रिय विज्ञहरुले बताएका छन्।

विहारका स्वास्थ्य अधिकार सञ्जयकुमारले भने लिची खाँदा त्यो रसायन कलेजोमा गएर बस्छ। जब तापक्रम बढ्छ त्यो रसायन कलेजोबाट बाहिर निस्कन्छ।‘ मुजफ्फारपुर धेरै लिची फल्ने क्षेत्र रहेको बताइएको छ।

बिरामी बालबालिकाका अभिभावकले छोराछोरी दिनभरी लिचीका रूखमा झुण्डिने र टन्न लिची खाएर आउने भएकाले राति खाना नखाने बताएका थिए। मुजफ्फारपुरका दुई अस्पतालले गत जनवरीदेखि नै यस्ता किसिमका १ सय ७९ वटा बिरामी भर्ना गरेका थिए।
 

कमेन्ट लोड गर्नुस