सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा जेसीबीले ई -रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु

२०७६ जेठ ३१, ०९:२५ खबर संवाददाता

कञ्चनपुरमा जेसीबीले ई-रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन। मृत्यु हुने ३ जना मध्ये दुइजनाको नाम नखुलेको र अर्का एक जना बैतडीको शरथचन्द नगरपालिका २ का अन्दाजी २८/२९ वर्षीय किसन बोहरा रहेको प्रहरीले जनाएको छ। 

आज बिहान गड्डाचौकीबाट महेन्द्रनगरतर्फ आइरहेको म १ ह ७६३ नम्बरको ई रिक्सालाई विपरित दिशा गइरहेको से १ क ७३३ नम्बरको जेसीबीले भीमदत्त  नगरपालिका ६ वनगाउँ नजिक ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रदेश  ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जेसीबी प्रहरीले नियन्त्रणमा लिएको छ ।चालक फरार रहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस