सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप क्रिकेट : भारत र न्युजिल्याण्डबीचको खेल वर्षाका कारण रद्द

। फोटो स्रोत ।
२०७६ जेठ ३०, १०:१८

आईसीसी एक दिवसीय विश्वकप अन्तर्गत भारत र न्युजिल्याण्डबीचको खेल रद्द भएको छ। नटिङघमको ट्रेन्ट ब्रिजमा हुनुपर्ने खेल लगातार वर्षाका कारण टस नै नभइ रद्द गरिएको हो। 

विश्वकपमा अर्को खेल भारतले आइतबार पाकिस्तानसँग खेल्नेछ भने न्युजिल्याण्डले बुधबार दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ।

खेल रद्ध भएपछि दुवै टिम एक एक अंक बाँड्न बाध्य भएका छन्। एक अंक जोडेको न्युजिल्याण्ड ४ खेलबाट ७ अंकसहित राउण्ड रोबिन प्रणालीमा जारी विश्वकपको शीर्ष स्थानमा यथावत छ। 

भारत भने ३ खेलमध्ये दुई वटामा जित र एउटामा अंक बाँडेर ५ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। वर्षाका कारण दुवै टोलीले अपराजित यात्रालाई कायमै राखेका छन्। दुवै टोली जारी विश्वकपमा अहिलेसम्म पराजित भएका छैनन्। भारतले यसअघिका खेलमा दक्षिण अफ्रिका र अष्ट्रेलियालाई पराजित गरेको थियो भने न्युजिल्याण्डले श्रीलंका, बंगलादेश र अफगानिस्तानलाई पराजित गरेको थियो। 
 

कमेन्ट लोड गर्नुस