सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले ल्याएको गुठी विधेयक स्वीकार्य हुंदैन : कांग्रेस

। फोटो स्रोत ।
२०७६ जेठ २७, ०६:२४

नेपाली कांग्रेसले सरकारले ल्याएको गुठी विधेयक स्वीकार्य नहुने बताएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ती जारी गर्दै संविधानको मर्म र भावना विपरीत भएको र संस्कृति र परम्पराको विनाश गर्ने गरी सरकारले गुठी विधेयक ल्याएको भन्दै स्वीकार्य नहुने बताएको हो।

वि‘धर्म, संस्कृति र परम्पराको विनाश गर्ने र गुठीको अस्तित्वलाई नै समाप्त पार्ने गरी ल्याइएको विधेयकप्रति नेपाली कांग्रेसको घोर आपत्ति रहेको उक्त विज्ञप्तीमा उललेख गरिएको छ। संविधान प्रतिकूल हुने गरी आएको विधेयक स्वीकार गर्न नसकिने पनि कांग्रेसले बताएको छ।

गुठीसम्बन्धी विधेयकले संविधानको मर्म, भावना, प्रावधान र व्यवस्था प्रतिकूल धर्म, संस्कृति र परम्परामाथि प्रहार गरेकोसंविधानले सनातनदेखि चल्द र  आएको धर्म, संस्कृतिको संरक्षणप्रति प्रतिवद्धता जनाएको भए पनि विधेयकले संविधानकै मर्म, भावनामाथि प्रहार गरेकोे जनाएको छ।

यस्तै  कांग्रेसले विधेयकविरूद्धमा शान्तिपूर्ण रूपमा भेला भई विरोध प्रदर्शन गरेका विभिन्न गुठीका गुठीयार र आम नागरिकमाथि सरकारले वर्वरतापूर्वक आक्रमण, धरपकड गर्ने, अन्धाधुन्ध बल प्रयोग र पानीको फोहोरा समेत प्रहार गरी दर्जनौं प्रदर्शनकारीलाई घाइते बनाएको घटनाप्रति भत्र्सना समेत गरेको छ।

कमेन्ट लोड गर्नुस