सुदूर नेपाललाई विश्वसँग जोड्दै

राहत स्वरुप प्रदेश सरकारद्वारा त्रिपाल वितरण

२०७६ जेठ २६, ०७:०६ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारले हावाहुरी पीडितलाई राहत स्वरुप त्रिपाल वितरण गरेको छ। प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशवहादुर शाहले धनगढी उप–महानगरपालिकाका दुई वटा वडामा राहत स्वरुप पीडितलाई त्रिपाल हस्तान्तरण गरेका हुन। धनगढी उप–महानगरपालिका वडा नम्वर १५ मा ८५ र धनगढी उप–महानगरपालिका वडा नम्वर ८ मा १५ वटा त्रिपाल वितरण गरिएको हो। 
यस्तै जिल्ला विपद व्यवस्थापन समितिले गठन गरेको उप समिति मार्फत जिल्लाको कैलाली गाउँपालिकामा ६ सय १ थान त्रिपाल वितरण गरिएको छ। समितिका अध्यक्ष तथा सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशीले गाउँपालिकाका विभिन्न वडामा ६ सय १ थान त्रिपाल वितरण गरिएको जानकारी दिए। यस्तै जिल्लाको गौरीगंगा नगरपालिकामा चट्याङ लागेर घाईते भएका ५ जनालाई २÷२ हजारका दरले १० हजार आर्थिक सहयोग पनि गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस