सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार महासङ्घले मिडिया काउन्सिल सम्बन्धी गरेको आन्दोलनप्रति मन्त्री बाँस्कोटा आक्रोशित

। फोटो स्रोत ।
२०७६ जेठ २६, ०५:३०

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकार महासङ्घले सुरु गरेको आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन्। मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकार महासङ्घले सुरु गरेको आन्दोलनप्रति उनी आक्रोशित भएका हुन।

आइतबार नेपाल पत्रकार महासंघ बाँके शाखाले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पत्रकार महासंघका नेताहरुले अरुलाई भुलभुलैयामा राखेको भन्दै विधेयक पढेर प्रतिक्रिया दिन सुझाव दिंदै विधेयक समृद्ध बनाउन सबै पक्षसँग छलफल भइरहेको जानकारी गर्दै उनले अन्तर्रा्ष्ट्रिय मिडिया मिसन बोलाउने चर्चाको पनि विरोध गरे।

उनले भने ‘लडेर लोकतन्त्र हामीले ल्याउने, प्रमाणपत्र विदेशीले दिने?’ ‘केही थोत्रा मानिसले भने झैँ विदेशी केका निम्ति बोलाउने?’

सरकारले मिडियालाई नियन्त्रणभन्दा पनि नियमन गर्न खोजेको टिप्पणी गर्दै अराजकता र अनुशासन तथा स्वतन्त्रता र स्वच्छन्दताबीच फरक रहेको बुझ्नुपर्ने बताउँदै सरकारले गरिरहेको कामको नतिजा आउने क्रममा रहेको भन्दै धैर्य गर्न अनुरोध समेत गरे। 
 

कमेन्ट लोड गर्नुस