सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकामा हवाइ दुर्घटना, दुई जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ जेठ २६, ०५:१०

अमेरिकामा हवाई दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ। संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेको लङ आइल्यान्डमा एउटा सानो हवाई जहाज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।

म्याकआर्थर विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ बजे उडेको बीचक्राफ्ट ए ३६ विमान साउथहोल्डमा करिब ९ बजेर १५ मिनेटमा दुर्घटनाग्रस्त भएको संघीय नागरिक उड्डयन कार्यालयले बताएको छ।

विमानमा रहेका एक पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। इन्जिनमा समस्या भएका कारण विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अध्ययनमा देखिएको छ। थप अनुसन्धान जारी रहेको स्थानीय प्रहरीले जनाएको छ। रासस

कमेन्ट लोड गर्नुस