सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुबईमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु पाँच जना घाइते

। फोटो स्रोत ।
२०७६ जेठ २४, १२:०३

दुबईमा बस दुर्घटना हुंदा १७ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। बिहीबार बेलुकी ओमानबाट इद मनाएर फर्किरहेकाहरु सवार बस रासियादका शेख मोम्मद बिन जायद रोडमा दुर्घटना भएको बीबीसीले जनाएको छ।

विभिन्न देशका ३१ जना चढेको बस दुर्घटना भएको प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा परि मृत्यु भएका सबैजनाको शव रासिद अस्पतालमा राखिएको छ भने घाइतेको पनि त्यहीँ उपचार भैरहेको जनाइएको छ। दुर्घटनाको कारण भने खुलेको छैन। 

कमेन्ट लोड गर्नुस