सुदूर नेपाललाई विश्वसँग जोड्दै

ठूला राजनीतिक दल भ्रष्टाचारमा लागेर ब्रह्मलुट मच्चाइरहेका छन् : कमल थापा

। फोटो स्रोत ।
२०७६ जेठ २३, ०५:४८

बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा र नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई मुलधारमा ल्याउने गरी गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन्।

संविधान बनेपछि पनि शान्ति र स्थिरता आउन नसकेको बताउँदै सबै शक्तिलाई राजनीतिको मूलधारमा ल्याउने समय आएको जिकिर गरे। असन्तुष्ट समूहहरुले देशमा विखन्डन ल्याउनसक्ने भन्दै दिगो शान्ति र स्थिरताका लागि ठूला दलहरु अगाडि बढ्न जरुरी रहेको बताए।

उनले ठूला राजनीतिक दल संस्थागत भ्रष्टाचारमा लागेर ब्रह्मलुट मच्चाइरहेको समेत आरोपे लगाए।
 

कमेन्ट लोड गर्नुस