सुदूर नेपाललाई विश्वसँग जोड्दै

यार्सा संकलन गर्न गएका आठ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ जेठ २३, ११:११

डोल्पामा दुई सातामा यार्सा संकलन गर्न गएका आठ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोट, रुकुम, जुम्ला र डोल्पाका व्यक्ति रहेका छन्। मृत्यु हुने मध्ये अधिकांशको लेक लागेर र लडेर ज्यान गएको हो प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार फोनको पहुँच नभएका कारण के–कति बिरामी छन् र कहाँ के भइरहेको थाहा हुन नसकेको र सदरमुकाम भन्दा टाढा रहेका उच्च हिमालमा यार्सा सङ्कलन हुने भएकाले खबर आदानप्रदान गर्न समस्या भएको हो। 

यार्सा सङ्कलनकर्ताको स्वास्थ्यलाई ध्यान दिएर नौ ठाउँमा स्वास्थ्य शिविर राखिएका छन् तर पनि मृत्यु हुनेको संख्या भने बढिरहेको छ। आधा दर्जन बढी घाइते र बिरामीको उपचार भइरहेको छ। डोल्पाका ७० भन्दा बढी पाटनमा अहिले यार्सागुम्बा सङ्कलनको काम भइरहेको छ।

 

कमेन्ट लोड गर्नुस