सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको डोकेबजारमा ट्रकको ठक्करबाट एकको मृत्यु

२०७६ जेठ २२, ०६:३२ खबर संवाददाता

कञ्चनपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको पुनरवास नगरपालिका वडा नम्बर ११ डोकेबजारमा ट्रकको ठक्करबाट ६५ बर्षिय कान्छा सुनारको मृत्यु भएको हो। सोही ठाँउका सुनारलाई पैदल यात्रामा रहेका बेला ना ३ ख ६६५ नम्बरको ट्रकले डोकेबजारमा ठक्कर दिएको थियो। उनलाई उपचारका लागि सेती अस्पताल धनगढी ल्याइएको थियो। उपचारका क्रममासेती अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

कमेन्ट लोड गर्नुस