सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा प्रदेश स्तरीय क्रिकेट लिग हुदै

२०७६ जेठ २१, १२:४० खबर संवाददाता

कञ्चनपुरमा आउँदो असारमा प्रदेश स्तरीय क्रिकेट लिग सञ्चालन हुने भएको छ।  स्टार प्रोडक्सनको आयोजनामा सदरमुकाम महेन्द्रनगरमा असार दोस्रो साताबाट सुदूरपश्चिम प्रदेश स्तरीय क्रिकेट लिग सञ्चालन हुने भएको हो। प्रतियोगितामा कैलाली र कञ्चनपुरका ३२ विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ।  

प्रतियोगितामा कक्षा १० सम्म  अध्ययन गर्ने विद्यार्थीले मात्र खेल्न पाउनेछन्।  प्रतियोगितामा प्रथम हुनेलाई नगद ५५ हजार, ट्रफी र प्रमाण पत्र, द्धितिय हुनेलाई नगद २५ हजार,  ट्रफी र प्रमाण पत्र प्रदान प्रदान गरिनेछ।   प्रतियोगिता अन्तरगत विभिन्न विधामा उकृष्ट खेलाडीलाई साइकल , क्रीकेट ब्याट,जुत्ता,क्रीकेट झोला र अन्य गिफ्टहरुका साथै ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ।   
 

कमेन्ट लोड गर्नुस