सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगर आउँदै गरेको बस दाङमा दुर्घटना, १० घाइते

२०७६ जेठ २०, १०:५५ खबर संवाददाता

महेन्द्रनगर आउँदै गरेको बस दाङमा दुर्घटना भएको छ।  चितवनको नारायणगढबाट महेन्द्रनगर आउँदै गरेको ना ६ ख १२६४ नम्बरको बस गएराति दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहारमा यात्रु बस दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ। घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते हुनेमा कैलालीको टिकापुर ८ बस्ने ६५ वर्षीय भागीराम डगौरा, उनकी श्रीमती ६० वर्षीया बेज्या चौधरी, कैलालीकै लम्किचुहा ६ बस्ने ३५ वर्षीय कृष्ण भण्डारी र डडेल्धुरा अमरगढी २ बस्ने ५० वर्षीय गोपाल सार्की छन्। शौच गर्न रिहार नजिकैको जंगलमा बस रोकेको अवस्थामा बस आफैं गुडेर  दुर्घटना भएको प्रहरीले जनाएको छ। सामान्य घाइतेहरुको लमहीमा उपचार भइरहेको छ भने गम्भीर भएकाहरुलाई नेपालगञ्ज रिफर गरिएको छ।  

कमेन्ट लोड गर्नुस