सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज पनि देशका धेरै ठाउँमा हावाहुरी र मेघ गर्जन सहित पानी पर्ने सम्भावना

२०७६ जेठ २०, १०:००

मौसम पुर्वानुमान महाशाखाले आज र भोली मौसम बदली भएर हावाहुरी तथा मेघ गर्जन सहित पानी पर्ने सम्भावना भएकाले सावधानि अपनाउन आग्रह गरेको छ। मैसमविद् मञ्जु वासीका अनुसार भारतको बिहारमा बनेको मौसमी प्रणाली र मनसुनपूर्वको समय भएकाले हुरीबतास र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ।

देशका केहि ठाउँहरुमा बिहानैदेखि बद्ली भएर पानी परिरहेको छ भने केही ठाउँमा अहिले आशिंक बद्ली भएको र दिउँसोपछि मेघ गर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस