सुदूर नेपाललाई विश्वसँग जोड्दै

जीवनशैली स्वस्थ राख्न योग तथा ध्यान गर्न सामाजिक मन्त्री भाटको सुझाव

२०८१ असार १०, ०८:१४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री ओमविक्रम भाट सरलले योग तथा ध्यानमा ध्यान दिन सबैलाई आग्रह गरेका छन्।

सामाजिक विकास मन्त्रालयले आयोजना गरेको तनाव व्यवस्थापन तथा जीवनशैली परिवर्तन कार्यक्रममा मन्त्री भाटले पछिल्लो समय ध्यान केन्द्रित नहुँदा समस्या पैदा हुने गरेको बताए। सबैले आफ्नो जीवनशैली परिवर्तन गर्नु पर्ने अवस्था रहेको समेत मन्त्री भाटले बताए। ध्यान केन्द्रित नहुँदा मानसिक रोगका सिकार हुने परेको सम्मका घटनाहरू आइरहेको उनले सुनाएका थिए।

मन्त्री भाटले युवाहरूलाई लागूपदार्थ दुव्र्यसनीबाट टाढा राख्नु पर्ने बताएका थिए। पछिल्लो समय कैलाली कञ्चनपुरमा युवाहरू लागूपदार्थमा परिसकेको भन्दै  यस विषयमा ध्यान दिन आवश्यक रहेको बताए।  सोमवार बिहान देखी सुरु भएको तनाव व्यवस्थापन तथा जीवनशैली परिवर्तन कार्यक्रम मङ्गलवारसम्म जारी रहने छ।
 

कमेन्ट लोड गर्नुस