सुदूर नेपाललाई विश्वसँग जोड्दै

बीआरआईमा अनुदानको प्रतिशत बढि हुनुपर्छः दुर्गेशमान सिंह

२०८१ असार ८, ०५:४१ खबर संवाददाता

काठमाडौंः भारतका लागि पूर्व नेपाली राजदूत डाक्टर दुर्गेशमान सिंहले परराष्ट्र मामिलालाई देशको आन्तरिक राजनीतिको खेलको रुपमा लिन नहुने धारणा राखे।

उनले सरकारले हालै विभिन्न देशका राजदूत फिर्ता बोलाउने काम गरेको र ती देशमा नयाँ राजदूतहरु नियुक्त गरेको प्रसंगमा यस्तो टिप्पणी गरेका हुन्। आज (शनिवार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘यसले अस्थिरता निम्तिन्छ।

अस्थिरता भयो भने देश विकास हुँदैन्। नेपालको संविधानअनुसार स्थायी सरकार आउने परिकल्पना नै गर्न सकिँदैन्।’ उनले पनि बीआरआई अनुदानमा लिँदा नै नेपालको हित हुने धारणा राखे। उनले भने,‘बीआरआई ऋणमा लिनहुँदैन्। तर, विश्व बैंकले दिएजस्तै कम व्याजदरमा भए लिनुपर्छ। 
 

कमेन्ट लोड गर्नुस