सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेशनल ओपन कलेजमा गीताज्ञान अभियान 

२०८१ जेठ ३२, ०८:५८ खबर संवाददाता

धनगढीः सनातन वैदिक ज्ञानको सार रहेको गीताज्ञान बारे खोज अनुसन्धान र प्रबर्धन गर्दै व्यक्ती र समाजको रुपान्तरण गर्ने लक्ष्यका साथ चलिरहेको गीता ज्ञान अभियानले आज नेशन ओपन कलेज, सानेपा ललितपुरमा एक कार्यक्रम गरेको छ।

उक्त कार्यक्रमको आयोजना नेशनल ओपन कलेजले गरेको हो। उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख प्राध्यापक डाक्टर मुनि राज क्षेत्रीले गरेका थिए। कार्यक्रममा अभियानका संकाल्पकर्ता डाक्टर हरिचन्द्र कमलीले गीताज्ञानको महत्वमाथि प्रकाश पारेका थिए।

सहभागीहरूको जिज्ञासा बारे थप प्रकाश पार्दै उनले व्याक्तिगत र सामाजिक, सांस्कृतिक रुपान्तरणका लागि अभियानमा जोडिन आग्रह गरेका थिए। कार्यक्रममा ललितपुर, काठमाण्डौका विद्यालय र कलेजका शैक्षिक नेतृत्व, सामाजिक अगुवा र प्रतिनिधि लगाएत विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो।
 

कमेन्ट लोड गर्नुस