सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

२०८१ जेठ १४, ०७:१५ खबर संवाददाता

काठमाण्डौँः जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुरूपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

आज (सोमवार) अदालतमा पेश गरिएका सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। सोमवार थुनामा राख्न तेस्रोपटक म्याद थप गरिएको छ।

नागरिकता प्रकरणमा पक्राउ परेका सिरोहिया प्रहरी हिरासतमा रहेका बेला स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका थिए। सोमवार उनी एम्बुलेन्समा अदालत गएका थिए।
 

कमेन्ट लोड गर्नुस