सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक महिलाले गरिन आफ्नै तीन वर्षीय छोराको खुकुरीले रेटेर हत्या

२०७६ जेठ १४, ०२:१४

भोजपुरमा एक महिलालो आफ्नै तीन वर्षीय छोराको हत्या गरेकी छन्। जिल्लाको रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं ९ पानीट्याङमा कोठा भाडामा बस्दै आएकीे २५ वर्षीया सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

उनले बच्चालाई अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरीको जनाएको छ। स्थानीयले हत्या गर्ने थापाको मानसिक सन्तुलन ठिक नभएको बताएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जनाइएको छ। 
 

कमेन्ट लोड गर्नुस