सुदूर नेपाललाई विश्वसँग जोड्दै

२ सय ४६ प्याकेट कोकिन सेवन गरेरका एक यात्रुको जहाजमै मृत्यु

। फोटो स्रोत ।
२०७६ जेठ १४, १२:४६

लागू औषध कोकिनका २ सय ४६ वटा प्याकेट सेवन गरेर विमानको यात्रा गरिरहेका एक जापानी नागरिकको मृत्यु भएको छ। उदो एन नामका ती व्यक्तिलाई लागूऔषध ओभरडोज भएको र  परीक्षणका क्रममा उनको पेट र आन्द्रामा २ दशमलव ५ सेन्टीमिटर लामो र १ सेमी चौडाइका कोकिनका पोका भेटिएको पोष्ट मार्टम रिपोर्टमा जनाइएको बीबीसीले उल्लेख गरेको छ। 

मेक्सिको सिटीबाट जापानको नारिता विमानस्थलका लागि उडेको विमानमा नै ती नागरिकको ज्यान गएको हो। उनको अचानक ज्यान गएपछि विमानलाई मेक्सिकोको सानोरा राज्यमा आकस्मिक अवतरण गराइएको थियो। कोलम्बियाको राजधानी बोगोटाबाट यात्रा सुरू गरेका उनले मेक्सिको सिटीबाट उडान परिवर्तन गरेका थिए। एयरमोसिलियो नगरमा विमानलाई आपत्कालीन अवतरण गराइएको थियो। विमानमा सवार अन्य १९८ जना यात्रुलाई नियमित उडानमा नै गन्तव्यमा र्पुयाइएको थियो। 
 

कमेन्ट लोड गर्नुस