सुदूर नेपाललाई विश्वसँग जोड्दै

राहुल गान्धीले पेस गरेको राजीनामा स्वीकृत भएन

२०७६ जेठ ११, ०२:२३

राहुल गान्धीले पेस गरेको राजीनामा स्वीकृत भएको छैन। बिहीबार राहुल गान्धीले कांग्रेस नेतृ सोनिया गान्धीसमक्ष राजीनामा पेस गरेका थिए, तर पार्टीका नेताहरुले उनको राजानीमा स्वीकृत गरेका छैनन्। गान्धीलाई पार्टीका वरिष्ठ नेताहरुले राजीनामा नदिन आग्रह गरेका छन्।

लोकसभा चुनावमा नराम्रोसँग पराजित भएपछि हारको समीक्षा र भावी रणनीति तयार गर्न भारतीय कांग्रेसले विमर्श सुरु गरेको छ। शनिबार दिल्लीमा रहेको मुख्यालयमा कांग्रेसको वर्किङ कमिटीको बैठक बसेको छ। उक्त बैठकमा कांग्रेस अध्यक्ष राहुल गान्धी, यूपीएकी अध्यक्ष सोनिया गान्धी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, महासचिव प्रियंका गान्धीसहितका वरिष्ठ नेताहरुको उपस्थिति रहेको छ। 

लोकसभा चुनावमा कांग्रेसले मुख्य विपक्ष दल बन्नका लागि चाहिले ५४ सिट पनि जित्न सकेन। उ ५२ सिटमा समेटियो, कांग्रेसका अन्य सहयोगी दल डीएमके तथा एनसीपी लगायतका दलले ४० सिट जितेका छन्।
 

कमेन्ट लोड गर्नुस