सुदूर नेपाललाई विश्वसँग जोड्दै

साझा विवेकशिलको भ्रष्टाचार विरुद्धको अभियान अछाममा

२०७६ जेठ १०, ०७:१८

टिकापुरबाट सुरु भएको साझा विवेकशिल पार्टीको भष्ट्रचार विरुद्धको अभियान अन्तरगत आज दुई जिल्लाका तीन स्थानमा कार्यक्रम सम्पन्न भएको छ। आज डोटीको दिपायल र सिलगढी तथा अछामको साफेवगरमा भ्रष्टाचार विरुद्धको अभियान अन्तरगत कोण सभा सम्पन्न भएको हो। दुई जिल्लाका तीन ठाउँमा आयोजीत कोण सभा कार्यक्रममा पार्टीका संयोजक रविन्द्र मिश्र, पार्टी प्रवक्ता सुर्यराज आचार्य, संगठन विभाग प्रमुख मुमाराम खनाल, सुदूरपश्चिम प्रदेश संयोजक गोपाल हमाल लगायतका नेताले सम्वोधन गर्नुभएको छ।

अभियान अन्तरगत प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र बझाङ जिल्लामा कायृक्रम भईसकेको छ भने अछाम र बाजुरा जिल्लामा अझै कार्यक्रमको आयोजना हुने पार्टीले जनाएको छ। नौ वटै जिल्लाका २६ स्थानमा कोणसभाको आयोजना गर्ने कार्यक्रम रहेको थियो। नेपालमा भएका ठुला भ्रष्टाचारका काण्डमा अनुसन्धान समेत नभएको र कसैलाई कारवाहीको दायरामा समेत नल्याइृएको भन्दै साझा विवेकशिल पार्टीले सुदूरपश्चिममा अभियान सञ्चालन गरेको हो।  
 

कमेन्ट लोड गर्नुस