सुदूर नेपाललाई विश्वसँग जोड्दै

धम्क्याएर रकम माग्ने कैलालीका दुईजना काठमाडौँमा पक्राउ

२०७६ जेठ १०, ०४:२२ खबर संवाददाता

धम्क्याएर रकम माग्ने कैलालीका दुईजना काठमार्डौँमा पक्राउ परेका छन्। गोली हानी मारी दिन्छु भनी धम्क्याउँदै रकम माग्ने  कैलालीका दुईजनालाई बिहीबार महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा  कैलाली टिकापुर नगरपालिका  ९ स्थायी ठेगना भई ललितपुर बालकुमारीमा बस्दै आएका   २४ वर्षीय लोकेन्द्र बहादुर शाही र टीकापुर नगरपालिका ९ कै २० वर्षीया रुबी ठाकुर रहेको प्रहरीले जनाएको छ। 

उनीहरुले काठमाडौं महानगरपालिकाको बुद्धनगर बस्ने सिन्धुपाल्चोकका ४२ वर्षीय सिताराम कार्कीलाई फोन तथा एसएमएस गरी नगद ५ लाख रकम माग गरेको नदिएमा उनको छोरालाई अपहरण गरी गोली हानी मारी दिने धम्की दिएको सूचनाका आधारमा उनीहरुलाई  पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट धम्काउन प्रयोग गरिएको मोबाइल र सिम कार्ड समेत बरामद गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस