सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेयर वडद्धारा नगरविकास समिति धनगढीको पदभार ग्रहण

२०७६ जेठ ९, ०३:४१ खबर संवाददाता

धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले धनगढी नगरविकास समितिको अध्यक्ष भएपछि आज पदभार ग्रहण गरेका छन्। बिहीबार एक कार्यक्रमका बिच नगरप्रमुख वडले अध्यक्षको पदभार ग्रहण गरेका हुन। अव नगरविकास समितिको रेखदेख र नियमन गर्ने जिम्मेवारी नगरप्रमुखको काँधमा आएको छ। यसैगरी नगरविकास समितिको प्रशासनिक जिम्मेवारी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको काँधमा परेको छ।

धनगढी नगर विकास समितिको पदभार ग्रहण गर्दै नगर प्रमुख वडले सबैभन्दा पहिले यस अघिका समितिहरुले गरेका निर्णयहरु हेर्ने र सम्भव निर्णयहरुलाई कार्यान्वयन गरिने बताए।  धनगढी नगरविकास समितिको पहिलो बैठकले समिति पूर्ण बनाउने निर्णय समेत गरेको छ।
 

कमेन्ट लोड गर्नुस