सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कराँतेका खेलाडीलाई सम्मान

२०७६ जेठ ९, १०:५२ खबर संवाददाता

धनगढीमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी कराते खेलाडीलाई सम्मान गरिएको छ। धनगढी कराँते ऐकेडेमीले बुधवार सुदूरपश्चिमका कराँते खेलाडीहरुलाई सम्मान गरेको हो। आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत प्राप्त गर्ने खेलाडी ललित खत्री, कास्य पदन विजेता वर्षा साउँद, शर्मिला घर्तिमगर, शेर बहादर धानुक, जगतसिंह धानुक, धर्मेन्द्र रेग्मी, लोकेश पार्की, हेमराज थापा, सागर शाही र उत्कृष्ट प्रदर्शन गर्ने दिनेशराज पनेरुलाई सम्मान गरिएको हो। सबै खेलाडीलाई प्रमाणपत्र र नगद सहित खेलाडीहरुलाई सम्मान गरेको हो।

कार्यक्रमका प्रमुख अतिथी धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले खेलाडीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका छन् । सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख वडले धनगढी खेलकुदको शहरका रुपमा परिचित हुदै गएको बताए। नेकपाका सुदूरपश्चिम प्रदेश सदस्य रमेश धामीले खेलाडीहरुले सुदूरपश्चिमको शिर ठाडो पार्ने काम गरेको बताए।

धनगढी उप–महानगरपालिका वडा नं ३ का अध्यक्ष बलबहादुर ऐरले मोहना नदीको बगरमा खेलकुद मैदान बनाउनका लागि पहल भईरहेको बताए। यस्तै एकेडेमीको आयोजनामा भएको रत्तदान कार्यक्रमका १ सय ७ जना रक्तदातालाई प्रमाण पत्र पनि वितरण गरिएको छ। सम्मान कार्यक्रमका सभापती धनगढी एकेडेमीका अध्यक्ष कृष्णप्रसाद न्यौपाने रहेका थिए। 

 

कमेन्ट लोड गर्नुस