सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका विभिन्न ठाउँबाट तस्करीको सामान बरामद

२०८० चैत्र २९, १०:४७ खबर संवाददाता

धनगढीः कैलालीका विभिन्न ठाउँबाट प्रहरीले तस्करीको सामान बरामद गरेको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–४ बसपार्क, भजनी नगरपालिका–३ ठेकीपुल, भजनी–५ जुठाघाट, भजनी–६ थापापुर र भजनी–८ जनकपुरबाट भारतबाट तस्करी गरेर ल्याएको सामान बरामद गरेको छ।

तस्करी गरेर ल्याएको अन्दाजी १ लाख ३१ हजार ८ सय मुल्य बराबरको प्याज, चिनी, मोबायलका विभिन्न सामान, बिडी, छिद्रा माछा लगायतका सामान बुधबार प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस