सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउदी अरेयिबाको सीमावर्तीमा ड्रोन आक्रमण

। फोटो स्रोत ।
२०७६ जेठ ७, ०७:१३ खबर संवाददाता

साउदी अरेबियाको सीमावर्तीमा ड्रोन आक्रमण भएको छ। सीमावर्ती शहर नजरानमा रहेको सेनाको हतियार भण्डारण केन्द्रमा कासिफ–के २ ड्रोनबाट गरिएको आक्रमणबाट हतियार भण्डारमा आगो लागेकोे बीबीसीले जनाएको छ। विस्फोटक पदार्थ बोकेको ड्रोनबाट नजरान विमानस्थललाई लक्षित गरी आक्रमण भएको साउदी समर्थित गठबन्धनका प्रवक्ता कर्णेल टुकी अल–मलेकीको भनाइ छ।

साउदी अरेबियाले पश्चिमी शहरहरु जेद्दाह र ताइफलाई लक्षित गरिएका क्षेप्यास्त्रहरु ध्वस्त बनाएको दावी गरेकै भोलिपल्ट नजरानमा हुथी विद्रोहीबाट ड्रोन आक्रमण भएको हो।
 

कमेन्ट लोड गर्नुस