सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाँचथरमा ९ जनाको हत्या

। फोटो स्रोत ।
२०७६ जेठ ७, १०:४२ खबर संवाददाता

पाँचथरमा २ परिवारका ९ जनाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले दिएको जानकारीका अनुसार सोमबार राति जिल्लाको मिक्लाजुङ गाउँपालिका ३ को आरुबाटेमा एक परिवारको ५ जना र अर्को परिवारको ४ जना खगरि दुवै परिवारका ९ जनाको हत्या भएको हो। 

स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको उनले बताए। उक्त घटनामा एकजना भागेर बाँच्न सफल भएका छन। ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम पहिचान नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको हत्या भएको छ भने १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन्, उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

मध्यरातमा भएको उक्त घटना स्थानीयवासीन्दाले बिहान मात्रै थाहा पाएकोमा प्रहरीलाई खबर गरेका थिए। मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो। घटनास्थलमा दशमीबजारमा रहेको प्रहरी चौकीको टोली बिहान ६ बजे पुगेको छ भने इलाका प्रहरी कार्यालय रवि र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले ९ जनाको हत्या भएको स्थानीयवासी र घटनास्थलमा रहेका प्रहरीले पुष्टि गरेको जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस