सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेस काउन्सिल विधेयक प्रति पत्रकार महासंघले गर्यो दोस्रो चरणको आन्दोलन घोषणा

। फोटो स्रोत ।
२०७६ जेठ ५, ०३:४४ खबर संवाददाता

नेपाल पत्रकार महासंघले मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। आईतबार बसेको महासंघको उपलब्ध केन्द्रीय समतिको बैठकले पहिलो चरणको आन्दोलन सकिँदा पनि सरकारले माग संबोधनमा गम्भीरता नदेखाएको भन्दै दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै ।

दोस्रो चरणको आन्दोलनको कार्यक्रम जेठ ६ गतेदेखि जेठ २५ गतेसम्म चल्ने  निर्णय गरेको छ। महासंघले गरेको उक्त निर्णय अनुसार जेठ ६ र ७ गते महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श गर्ने, जेठ ८ गते संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने, जेठ ९ देखि १२ गतेसम्म सञ्चार माध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने, जेठ १३ र १४ गते सांसदहरुसँग छलफल गर्नेे कार्यक्रम रहेको छ।

यस्तै जेठ १६ गते प्रेस स्वतन्त्रता सेनानीसँग छलफल गर्ने, जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा, र एसोसिएटहरुको आयोजनामा विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल चलाउने, जेठ २३ र २४ गते राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तक्र्रिया कार्यक्रम गर्ने महासंघले जनाएको छ।

पत्रकारमहासंघका महासचिव रमेश विष्टले दिएको जानकारी अनुसार जेठ २५ गते अपरान्ह ३ बजे काठमाडौंको वानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने, काठमाडौं उपत्यकाबाहिर प्रदेश राजधानीमा पनि मानव हातेसाङ्लो बनाई प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ। 

कमेन्ट लोड गर्नुस