सुदूर नेपाललाई विश्वसँग जोड्दै

हराउनेहरुलाई पार्टीभित्र बसालेकाले आफनो पार्टी संकटमा फस्यो : सभापति देउवा

। फोटो स्रोत ।
२०७६ जेठ ३, ०६:२२ खबर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा पार्टीलाई हराउने अन्तरघातीहरुलाई कारबाही गर्न आफूले पार्टीका नेताहरुबाट सहयोग नपाएको भन्दै गुनासो गरेका छन।शुक्रबार काठमाण्डौमा आयोजित प्रजातान्त्रिक विचार समाजको ११ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले दुई कम्युनिष्ट मिल्दा आफुले हारेको बताउंदै पार्टीलाई चुनावमा हराउनेहरु आफूविरुद्ध उभिएको दाबी गरेका छन्। 

उनले चुनावमा हराउनेहरुलाई पार्टीभित्र बसालेकाले आफ्नो पार्टी संकटमा फसेको बताउँदै आफूमाथि आरोप लगाउन छोडेर आउँदो चुनावमा पार्टीलाई जिताउने गरी काममा जुटन पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए। 

कार्यक्रममा सहभागि रहेका कृष्णप्रसाद सिटौलालाई पुष्पकमल दाहाललाई मिलाउनका लागि चुनावका बेला वार्ताका पठाएको तर मिलाउन नसकेको स्मरण गराउँदै देउवाले आफूलाई मात्रै आरोप लगाएर पार्टीका नेताहरुले गैरप्रजातान्त्रिक गतिविधि गरिरहेको आरोप समेत लगाए। 

यस्तै कार्यक्रममा बोल्दै कांग्रेस नेता सिटौलाले कमजोर हुनुको जिम्मेवारी पार्टी नेतृत्वको लिनुपर्ने बताउंदै पार्टीलाई आन्तरिक कलहबाट मुक्त गराउन सभापति देउवासँग माग गर्दे उनले पार्र्टी भित्र गुट हुनु स्वभाविकै भए पनि कलह चाहिँ हुनै नहुने बताए। 
 

कमेन्ट लोड गर्नुस