सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री भएको १५ महिनापछि पहिलो पटक बाजुरा पुगे भट्ट

२०७६ जेठ ३, ०३:३० खबर संवाददाता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट मुख्यमन्त्री भएपछि पहिलो पटक बाजुरा पुगेका छन्। बाजुरा महोत्सव उद्धघाटनका लागि मुख्यमन्त्री भट्ट बाजुरा सदरमुकाम मार्तडी पुगेका हुन्। मुख्यमन्त्री भएको १५ महिना पुग्नै लाग्दा समेत अहिले सम्म मुख्यमन्त्री भट्ट बाजुराका कुनै पनि कार्यक्रम र अन्य कामका लागि गएका थिएनन्। बाजुरा महोत्सवको उद्धघाटन गर्दै मुख्यमन्त्री भट्टले आफु पहिलो पटक बाजुर पुगेको बताउँदै बाजुराको विकासका लागि प्रदेश सरकार सक्रिय रहेको बताए।

उनले मुख्यमन्त्री भएपछि पहिलो पटक जिल्लामा पुग्दा जिल्लावासीको अवस्था बारे बुझ्न समेत पाएकाले अव प्रदेश सरकारले बाजुरेली जनताका लागि पनि विशेष कार्यक्रम ल्याउने बताए। मानव विकास सुचाङकमा ७७ औँ जिल्लामा पर्ने बाजुरा जिल्लको सदरमुकाम मार्तडी सम्म नै पक्की सडक पुगिसकेको छ। 
 

कमेन्ट लोड गर्नुस