सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अबैध काठसहित मिनी ट्रक फेला

२०८० फाल्गुन १९, ०९:५० खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा अबैध काठसहित मिनी ट्रक फेला परेको छ।

धनगढी उपमहानगरपालिका-११ बेला स्थित अन्दाजी १०० वटा कडीसहित से१ ख १६२० नम्बरको मिनी ट्रक पल्टिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए। अहिले उक्त स्थानमा प्रहरी टोली तथा वनका कर्मचारी खटिएर अनुसन्धान गरिरहेको प्रवक्ता चन्दले जनाकारी दिए। 

कमेन्ट लोड गर्नुस