सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश युवा सम्मेलन धनगढीमा जारी

२०७६ जेठ २, १०:४४ खबर संवाददाता

उद्यमी युवा समृद्ध देशः दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने मुल नाराका साथ धनगढीमा प्रदेश युवा सम्मेलन शुरु भएको छ। नेपाल युवा परिषदले पहिलो पटक  सुदूरपश्चिम प्रदेशमा यो सम्मेलन आयोजना गरेको हो। सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका युवाहरुको सहभागितामा शुरु भएको युवा सम्मेलनको उद्घघाटन सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले गरेका छन्। उद्घघाटन गर्दै उनले राष्ट्रको विकास र समाज परिवर्तनमा युवाको महत्वपूर्ण भुमिका हुुने हुदाँ युवाहरुलाई उद्यमशिलतामा जोड दिनु पर्ने बताए। सोही अवशरमा सुुदूरपश्चिमको पर्यटन प्रचार प्रसारको लागि नेपाल युवा परिषदले निर्माण गरेको भिजिट सुदूरपश्चिम डटकमको अफिसियल वेभसाईट औपचारिक रुपमा उद्घघाटन गरिएको छ। 

बिशेष अतिथी रहेका धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले युवा परिवर्तनका संवाहक भएकाले युवाले विश्वकै मुहार फेर्ने अठोटका साथ लक्ष्य निर्धारण गरी अगाडी बढ्नु पर्ने बताए। नेपाल युवा परिषद सुदुरपश्चिम प्रदेशका बशन्ती सापकोटाका सभापतित्वमा भएको उद्घघाटन कार्यक्रम भएको हो। दुई दिन सम्म चल्ने आवासीय सम्मेलनमा सहभागि युवाहरुलाई पर्यटन, सुचना प्रबिधि लगायत दिगो विकासका लक्ष्यहरु, जलवायु परिवर्तन, भिजिट नेपाल २०२०, युवा उधमशिलता, नेतृत्व विकास, युथ मोटिभेसन लगायतको विषयमा प्रशिक्षण दिईने र सुदुरपश्चिम प्रदेशका युवाहरुले प्रदेश विकासका लागि कार्ययोजना बनाई प्रदेश सरकारको प्रमुखलार्ई बुझाउने कार्यक्रम रहेको आयोजक संस्थाका संस्थापक अध्यक्ष सरोज बानियाले बताए। सम्मेलनको पहिलो दिन उद्यमशिलताको विषयमा प्यानल छलफल गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस