सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्यालेक्सी कलेजको आयोजनामा विजनेश क्वुइज हुने

२०८० फाल्गुन ४, १०:४६ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा रहेको गयालेक्सी बहुमुखि क्याम्पसको आयोजनामा पहिलो पटक विजनेश क्वुइज प्रतियोगिता हुने भएको छ।

धनगढी उप महानगरपालिकाका विभिन्न माध्यामिक विद्यालयले प्रतियोगितामा सहभागिता जनाउँन सकिने विद्यालयका प्रमुख जेडी भट्टले बताए। प्रतियोगिता भोलि (शनिवार) बाट सुरु हुने छ।

प्रतियोगितामा प्रथम हुनेलाई ७ हजार द्धितिएलाई ५ हजार, तृतीयलाई ३ हजार पुरस्कार प्रदान गरिने छ। उक्त प्रतियोगितामा सहभागीका लागि दर्ता शुल्क एक हजार तोकिएको छ। एक विद्यालयबाट एउटा मात्र टीमले सहभागिता जनाउँन पाउने छ। प्रतियोगिता अब हरेक वर्ष गर्ने विद्यालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस