सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरबाट लागुऔषधसहित २ जना पक्राउ

२०८० फाल्गुन ४, ०७:३४ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुर नगरपालिकाबाट दुई जना लागुऔषधसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–९ झुंगाका ३२ वर्षीय राजकुमार चौधरी र सोहि पालिकाको–१ नम्बर वडा दुर्गानगरका २० वर्षीय सागर चौधरी रहेका छन्।

उनीहरुलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट सादापोशाकमा गएको प्रहरी टोलीले शुद्ध तौल १ ग्राम ५९० मिलिग्रा लागुऔषध (खैरो हेरोईन) सहित पक्राउ गरेको हो। जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस