सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैँकलाई ४० थान कपडा सहयोग

२०८० माघ २१, ११:४९ खबर संवाददाता

धनगढी : कैलालीको धनगढीमा रहेको कपडा बैँकलाई ४० थान कपडा सहयोग गरिएको छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ शिवपुरधी धाममा रहेको कपडा बैँकलाई ४० थान कपडा सहयोग गरिएको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का मेघराज कनोजियाले आइतवार बैँकमा कपडा सहयोग गरेका हुन्।

धनगढीको शिवपुरी धाममा रहेको कपडा बैँकका अनुसार चिसोको मौसम रहेकाले कपडा लिनेको सङ्ख्या धेरै छ। बैँक मार्फत नि ःशुल्क कपडा वितरण गर्ने गरिएको छ।

 

कमेन्ट लोड गर्नुस