सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा व्यवस्थित सहारा घर निर्माण गरिदै

२०८० माघ २०, ०८:५२ खबर संवाददाता

धनगढीः कैलालीमा मानसिक रोगी तथा असहायका लागि व्यवस्थित सहारा घर निर्माण गरिदै छ।

बर्दगोरिया गाउँपालिका–२ बौनियामा असहायका लागि सहयोगी हात नेपाल नामक संस्थाले सञ्चालनमा ल्याएको सहारा घरमा आश्रितलाई राख्न व्यवस्थित भवन निर्माण हुने भएको हो। कैलाली जिल्लाका विभिन्न सडकमा अलपत्र असहाय र मानसिक रोगी राख्न राष्ट्रिय योजना आयोगको एक करोड ५० लाख रुपियाँ लागतमा सहारा घर निर्माण गर्न लागिएको हो।

आयोगका सदस्य डा. रामकुमार फुयाँलले भवन शिलान्यास गरेका छन्। स्थानीय बलबहादुर विष्टले २०७० सालदेखि सञ्चालनमा ल्याएको सहारा घरमा हाल एक सयभन्दा बढी मानसिक रोगी तथा असहाय बालबालिका आश्रय लिइरहेका छन्। मानसिक रोगबाट पीडितले शरीरमै दिसापिसाब गरेकोसमेत थाहा नपाउने भएकाले उनीहरूको सरसफाइलाई ध्यानमा राखी सोही अनुसारको भवन निर्माणको डिजाइन गरिएको सहारा घरका सञ्चालक विष्टले बताए।
 

कमेन्ट लोड गर्नुस