बैतडीका एक जना भारतमा बेपत्ता

बैतडीः बैतडीका एक जना भारतमा बेपत्ता भएका छन्। मेलौली नगरपालिका–२ का ५० वर्षीय हिक्मतराम लोहार भारतको मुम्बईमा बेपत्ता भएका हुन्।
लोहार ६ दिनदेखि बेत्ता छन्। केहिदिन अघि मात्र रोजगारीको सिलसिलामा मुम्बई गएका उनी माघ १२ गतेदेखि बेपत्ता रहेको हिक्मतका छोरा हिमाल लोहारले बताए। नौकरी खोज्न गएका उनी मुम्बई उत्तम नाका भाएन्द्र भन्ने ठाउँबाट बेपत्ता भएका उनले बताए।
साँझबाट सम्पर्क विहिन भएका उनी अहिलेसम्म सम्पर्कमा नआएका भारतमा रहेका मेलौली कुजागाडका युवा हरिराम पार्की हरपलले बताए। बेपत्ता हिक्मतलाई कसैले भेटेमा ९८३३६५१९६६ र ८०७३२७८३९८ नम्बरमा फोन गरेर खबर गरिदिन आफन्तनहरुले आग्रह गरेका छन्।


