सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर तराईमा गर्मी बढ्दै जाने, पहाडमा हावाहुरी सहित बर्षाको सम्भावना

२०७६ वैशाख २८, ११:५२ खबर संवाददाता

आजदेखि तीन दिन देशका धेरै स्थानमा मौसम बदली भई हावाहुरी सहित पानी पर्ने सम्भावना भएपनि सुदूरपश्चिममा भने पानी पर्ने निकै न्यून सम्भावना रहेको मौसमविद्ले अनुमान गरेका छन्। मौसमविद मिनकुमार अर्यालका अनुसार सुदूरपश्चिमका पहाडी जिल्लामा सामान्य वदली भई बर्षाको सम्भावना रहेपनि तराई भने नरहेको बताए। उनले पहाडका विभिन्न स्थानमा अहिले पनि वादल देखिएकाले हावाहुरीसंगै बर्षाको सम्भावना रहेको बताए। तर तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरम भने गर्मी बढ्दै जाने उनले बताए।

मौसम पुर्वानुमान महाशाखाका अनुसार धनगढीको अहिले अधित्तम तापक्रम ४१ द्यशमलव ८ डिग्री सेल्सियस छ भने न्यूनतम तापक्रम २३ दशमलव २ डिग्री सेल्सियस छ। यस्तै दिपायलको अधित्तम तापक्रम ३७ दशमलव ६ डिग्री सेल्सियस छ भने न्यूनतम तापक्रम १८ दशमलव ५ डिग्री सेल्सियस छ। डडेल्धुराको अधित्तम तापक्रम २९ डिग्री सेल्सियस छ भने न्यूनतम तापक्रम १६ दशमलव ९ डिग्री सेल्सियस छ।
 

कमेन्ट लोड गर्नुस