रुसी सेनामा गएका थप एक नेपालीको मृत्यु
रुसी सेनामा गएका थप एक जना नेपालीको मृत्यु भएको छ।
यससँगै ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ। रुसी सेनामा भर्ती भएका रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको रुस–युक्रेनको युद्धमा परी मृत्यु भएको हो।
गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले मोक्त्तानको मृत्यु भएको खबर परिवारलाई प्राप्त भएको बताए। मृतक पूर्व नेपाली आर्मी हुन्। उनको घरमा श्रीमती, आमा एक छोरा र एक छोरी छन्। उनी गत भदौमा रुसी सेनामा भर्ती हुन पुगेका थिए।