कैलालीको गोदावरीका विद्यालयमा चार दिन विदा
२०८० माघ ८, ०३:०१
धनगढीः कैलालीको गोदावरी नगरपालिका अन्तरगतका विद्यालयमा चार दिन विदा दिइएको छ।
नगरपालिकाले अत्याधिक चिसोका कारण पठन पाठनमा समस्या भएको भन्दै माघ ९ (भोलि) देखि १२ गतेसम्मका लागि विद्यालयमा विदा दिएको हो।
प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टद्धारा जारी सूचनामा नगर प्रमुखस्तरीय निर्णयबाट विद्यालयमा जाडो विदा दिइएको उल्लेख छ।
कमेन्ट लोड गर्नुस